वितेको २४ घन्टामा ७ हजार ४ सय २६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । जसमा ३ सय ३१ जनाको पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित भएको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८-१८ तथा पाल्पा र रुपन्देहीमा १७-१७ जना सङ्क्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा ८-८, बर्दिया, रौटहट र भक्तपुरमा ७-७, बारा र दाङमा ४-४, रामेछापमा ३, सुनसरीमा २, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा १-१ जना थपिएका छन् ।
आज ४९ महिला र २८२ पुरुष गरी कूल ३ सय ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कूल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ ।
देशभर उपचार गराइरहेका संक्रमितमध्ये शनिबार १ सय ७६ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ३७ पुगेको छ भने महिलाको संख्या १ सय ४१ पुगेको छ ।
अहिलेसम्म २२ जना कोरोनाको कारणले गर्दा ज्यान गुमाइसकेका छन् ।
देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने रसुवा, ओखलढुङ्गा र मुस्ताङमा अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।