लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको भीडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ।
रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर छन्। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसी अनुसार चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि गरेको छैन।
गलवान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो।
चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन।
झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ। यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन्।
४ दशकमा पहिलोपटक सैनिकको निधन
केही हप्तादेखि भारत र चिनिया सैनिकवीच उक्त क्षेत्रमा विवाद बढिरहेको छ । तर सोमबारको घटना भने विगत ४५ वर्षमा पहिलोपटक भएको बताइएको छ ।
भारतले उक्त झडपमा ४० भन्दा बढी सैनिक मारिएको बताएता पनि चिनको यसको बारेमा मुख खोलेको छैन ।