विर्तामोड । झापा जिल्लाको बेग्लाबेग्लै स्थानबाट दुईजनालाई प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइसनसहित पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्ने बर्ष २८ को मोहन शेर्पा र विर्तामोड नगरपालिका-१ बस्ने वर्ष २१ को विशाल धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।
शेर्पालाई प्रहरीले भद्रपुर नगरपालिक-५ नयाँबजारबाट पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ६० मिलिग्राम फेला परेको छ ।
त्यस्तै धिलालाई प्रहरीले मेचीनगर नगरपालिका-६ मा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनको साथबाट एक ग्राम खैरो हिरोइन भेटिइएको प्रवक्ता रिजालले बताए ।
पक्राउ परेका दुवैमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।