काठमाडौँ। फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनको लागि मानिसहरूको भीड निर्वाचन कार्यालयमा लागेको छ ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरे सँगै मतदाताको भीड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ।
फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ उपत्यकाभित्र मीन भवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ।
फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदातासमेतलाई मताधिकार दिलाउन अध्यादेश ल्याइसकेको छ ।
अध्यादेश जारी भएसँगै रोकिएको मतदाता नामावली दर्ता दर्ता प्रक्रिया खुलेको जुन कात्तिक मसान्तसम्म चल्नेछ ।