चीन र भारतीय सेनाबीच लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय २० सैनिकको नाम सार्वजनिक भएको छ ।
लद्दाखको गालवन भ्यालीमा जुन १५ को साँझदेखी शुरु भएको झडपमा २५ भन्दा बढिको ज्यान गएको थियो ।
जसमा २० भारतीय सेना र ५ जना चिनियाँ सैनिकले ज्यान गुमाएको समाचार भारतीय सञ्चारमाध्यमले प्रसारण गरेका थिए । तर भारतीय सेनाले ३ जनाको मात्रै नाम सार्वजनिक गरेपनि बाँकीको नाम नखुलाउदाँ भारतले यो भन्दा बढि क्षति व्यहोरेको आशंका धेरैले गरेका थिए । एक कमाण्डरसहित २० जनाकै नाम भारतीय सेनाले मंगलबार मात्रै सार्वजनिक गरेको छ ।
यी हुन ज्यान गुमाउने भारतीय सेनाका २० जना ।
1. Col B Santosh Babu
2. Nb Sub Nuduram Soren
3. Nb Sub Mandeep Singjh
4. Nb Sub Satnam Singh
5. Hav K Palani
6. Hav Sunil Kuma
7. Hav Bipul Roy
8. Nk Deepak Kumar
9. Sep Rajesh Orang
10. Sep Kundan Kumar Ojha
11. Sep Ganesh Ram
12. Sep Chandrakanta Pradhan
13. Sep Ankush
14. Sep Gurbinder
15. Sep Gurtej Singh
16. Sep Chandan Kumar
17. Sep Kundan Kumar
18. Sep Aman Kumar
19. Sep Jai Kishore Singh
20. Sep Ganesh Hansda
भारतीय प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मोदीले सीमा क्षेत्रको अवस्थाबारे छलफल गर्न आगामी शुक्रबार साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । सो बैठक भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने बताइएको छ ।
सीमा क्षेत्रमा तैनाथ आफ्ना सेना मारिएपछि प्रमुख विपक्षी काँग्रेसले मोदी सरकारको नीतिको आलोचना गर्दै जवाफ मागेको थियो ।