काठमाडौँ । नेकपा एमाले केपी शर्मा ओली र भारतीय राजदूत नविन श्रीवास्तवबीच आज भेटवार्ताको भएको भनेर आएको समाचार झुटो भएको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय समाचार समितिले आज बालकोटमा ओली र श्रीवास्तवबीच भेट भएको समाचार प्रकाशित गरेको थियो ।
ओलीको सचिवालयमा कार्यरत रामशरण बजगाईँका अनुसार आज बिहानदेखि अध्यक्ष ओली आफ्नो ७२ औँ जन्मोत्सवको कार्यक्रममा सयौँ शुभेच्छुक र सञ्चारकर्मीहरूको अगाडि थिए ।
बजागाईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ यो सरासर झुट समाचार हो ।’
अध्यक्ष ओली दुई बजेसम्म बालकोटमा नै रहेको र त्यसपछि फुटबल हेर्न गएको उनले जनाएका छन् ।
उनले राससका अध्यक्ष धर्मेन्द्र झालाई यस्तो छुट समाचार किन प्रवाह गरेको भनेर आफूले सोधेको समेत जनाएका छन् ।
उनले राष्ट्रपति चुनावको यस्तो संवेदनशील समयमा सरकारी निकायबाट नै यस्ता झुटा अफवाह फैलाउने काम बन्द गर्न आग्रह गरेका छन् ।