काठमाडौँ । कालीमाटी-बाफलस्थित खोलाको बहावले किनारमा रहेका सडक भत्काएको छ ।
काठमाडौँ महानगरपालिका १४ वडा स्थित पुरानो कालीमाटी-बाफलमा रहेको नदीको बहावले किनारमा रहेका सडकमा क्षति पुर्याएको हो ।
नेपाली प्रहरी कालीमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपनाउन अपिल गरेको छ । आवश्यक सहयोग को लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ ।
निरन्तर वर्षाको कारण हुनसक्ने जोखिम बाट बच्न सावधान रहन भनेको छ ।