सुनसरी । सुनसरीको दुहवी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागुऔषध गाँजासहित पाँच जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सिआरभी पोष्ट दुहवीको प्रहरी टोलीले बिहीबार दिउँसो साढे ३ बजे उनीहरुलाई पक्राउ गरेको हो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई जाँच गर्दा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद भएको हो ।
टेम्पोमा गाँजा बरामद भएसँगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७ वर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आशिष पटेल पक्राउ परेका हुन् ।
अनुसन्धानका क्रममा संलग्न पाइएका इटहरी-१२ का २७ वर्षीय अरुणकुमार सरदार र देवानगञ्ज गाउँपालिका-५ का २३ वर्षीय मिथिलेस यादव समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।