नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
यसअगाडि नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल सकेर फर्किपछि गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए ।
यस कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेत उपस्थित रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।