
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार भने सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।