
काठमाडौं– शेयर बजारमा नेगेटिभ सर्किकट ब्रेक भएपछि २० मिनेटका लागि कारोबार रोकिएको छ।
भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको हो।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको थियो।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ। सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो।
सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ।