
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले जेन जी प्रदर्शनको क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गरेको छ ।
अस्पतालको विज्ञप्तिअनुसार, प्रदर्शनमा घाइते भएकामध्ये अझै ९ जनाको उपचार भइरहेको छ भने ३६६ जना सामान्य उपचारपछि घर फर्किसकेको जनाएको छ । जम्मा ४६१ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये ४४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको थियो।
कूल ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएकोमा ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। गम्भीर प्रकृतिका घाइतेहरूको शल्यक्रिया पनि गरिएको थियो, जसमा ५० जनाको शल्यक्रिया भएको र ११ जनाको पुनः शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। उपचारको क्रममा ६ जनाको निधन भएको पनि विज्ञप्तिमा उल्लेख छ।