भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा जनरल पाण्डेले आफ्नो भ्रमण कार्यतालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुका साथै नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा आभार प्रकट गरेका छन् ।
भारतीय सेना प्रमुख जनरल पाण्डेले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बिहान पाण्डेले शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको दूतावासले जनाएको छ ।