
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचारका लागि सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्री प्रदीप पौडेलले घाइतेहरूको उपचारमा कुनै शुल्क नलिई व्यवस्था गर्न अस्पतालहरूलाई आदेश दिएका छन् । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन र आवश्यक स्थानहरूमा सहज उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ ।
साथै, काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई रिफर गरिएका बिरामीहरूलाई एक अस्पतालबाट अर्कोमा पुर्याउन सहज बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।