पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ५० जनामा गरिएको नमूना परीक्षणमा १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सो समयावधिमा कुनै पनि सङ्क्रमितको निधन भएको छैन ।
२४ घण्टमा २ सय ३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २ हजार ५ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।