जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाहविरुद्ध दायर मुद्दामा थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत तनहुँमा बुधबार दिउँसोदेखि पीडित पक्षका कानुन व्यवसायीहरुले बहस सुरु गरेका हुन्।
पीडितको पक्षबाट ७ जनाले बहस गर्ने जिल्ला अदालतमा श्रेष्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार अभियुक्त शाहका पक्षबाट १० जना कानुन व्यवसायीले बहस गर्नेछन्।