जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको बुधबार (आज) तोकिएको पेशी स्थगित गरिएको छ । साहविरूद्दको मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो ।
न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा साहको मुद्दा पेशीका लागि तोकिएको थियो ।
जिल्ला अदालत नवपुरको वेवसाइटमा हेर्दा प्रतिबादीको कानुन ब्यवसायीबाट पेशी स्थगित भएको उल्लेख गरिएको छ । साहविरुद्ध नाबालिग गायिकाले जबर्जस्तीकरणी गरेको आरोप लगाएपछि साह जेलमा रहेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार जिल्लाको आदेश बदर गराउने माग गर्दै उच्च अदालतमा “धरौटी वा सामान्य तारेखमा राखेर मुद्दा पुर्पक्ष गराइ पाउन” निवेदन हाल्न सकिन्छ । तात्कालिन सभामुख कृष्णबहादुर महराले पनि जिल्ला अदालत काठमाडौंको पुर्पक्षको लागि थुनामा बस्ने आदेशको विरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।
तर अदालतले शाहलाई थुनामै बसेर मुद्दा लड्न आदेश दिएको छ ।