
काठमाडौँ- भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन भन्दै शनिबार बस्ने गरी संसदीय समितिको बैठक आह्वान भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शनिवार बिहान साढे १० बजेका लागि बैठक राखेको छ ।
जसको कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने’ भन्ने रहेको छ ।
यसअघि बस्ने भनिएको बैठक दुई पटकसम्म स्थगित भएर शनिबार बस्न लागेको हो ।