
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।