काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरेपछि लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।
भेटका क्रममा लामिछानेले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षति, प्रभावितको उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
यसअघि सोमबार नै उनले प्रधानमन्त्री बालेनसँग भेट गरी सरकारले गरिरहेको उद्धार, राहत तथा अन्य कार्यबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीबाट प्राप्त विवरणका आधारमा लामिछानेले राष्ट्रपतिलाई भोटेकोसी बाढीको पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका हुन् ।