काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा साढे ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सबैलाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले टेलिकमका पूर्वप्रबन्ध निर्देशकहरू सुनील पौडेल, संगीता पहाडीलगायत १८ जनालाई अदालतले सफाइ दिएको हो । ठेक्का सम्झौताको सर्तविपरीत ठेकेदारलाई बढी रकम दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।