काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको छ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो ।
विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत लगिएको हो ।