काठमाडौँ । नेपाली चिया निर्यातमा भारतको अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
उद्योगीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्।
सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो । भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेप (कन्साइनमेन्ट) को अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेकोले समस्यामा परेको उद्योगीहरूको भनाइ छ ।
भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेपको अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेसँगै थप समस्या उत्पन्न भएको हो।
नयाँ व्यवस्थामा प्रत्येक खेपको विवरण भारतीय चिया परिषद्को पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, दुई हप्तामा आउने भनिएको रिपोर्ट आउन महिनौँ लाग्ने गरेकोले निर्यात ठप्प भएको उनीहरूको भनाइ थियो।