चितवन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइन खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसी रहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।