काठमाडौं – नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीका अनुसार निगमका कार्यकारी निर्देशक भट्टले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
प्रवक्ता सुवेदीका अनुसार भट्टले दिएको राजीनामा सनाखत हुने क्रममा रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले एक साता अघि नै भट्टलाई आफ्नो पदबाट राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।
समयमा राजीनामा नदिए बर्खास्त गर्ने जानकारी पाएका भट्टले केही दिन कुरेर आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
भट्टलाई पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ति गरेको थियो। उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।