काठमाडौँ । प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका-६ लिवाङका ७० वर्षीय केदार बोहोरा र उनका २६ वर्षीय छोरा रामु बोहरा गोठमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको
प्रहरीका अनुसार दुई जान घाइते भएका छन् । अहिले घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको प्रहरीले जनाएको छ ।