काठमाडौँ । अमेरिकामा शनिवार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । उनको परिचय पनि खुलेको छैन ।
सीएनएनका अनुसार राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित छन्, भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरू सकुशल रहेको रहेको बताएका छन् ।
रिपोर्टहरूका अनुसार, डिनर चलिरहँदा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एजेन्टहरूले ‘गोली चलेको’ भन्दै चेतावनी दिएका थिए । त्यसपछि रेडियो सन्देशमार्फत एक शंकास्पद आक्रमणकारीलाई हिरासतमा लिइएको जानकारी गराइएको उल्लेख छ ।