काठमाडौं– निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकले उपत्यका छाड्न नपाउने भएका छन्।
सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो।
अन्तरिम आदेश नदिएका कारण अब ओली र लेखकले उपत्यका छाड्नका लागि सरकार र जाँचबुझ आयोगको अनुमति लिनैपर्ने हुन्छ।