काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्ने भएको छ ।
प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।
पत्रमा सहकारी ऐनले परिभाषासहित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ ।
लामिछानेलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले केहीसमयअगाडि पक्राउ गरिसकेको छ ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको केही घण्टापछि नै प्रहरीले उनलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए। सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गर्दै सरकार बनाउने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’
पक्राउ पर्नुअघि रविले भनेको यो कुरा
#Ktmdainik #RabiLamichhane
Posted by Ktm Dainik on Friday, October 18, 2024