काठमाडौं, २ कात्तिक । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले केही समयअगाडि पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले केटिएम दैनिकलाई बताए ।
शुक्रवार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि सिआइबीको टोली पुर्जी लिएर पार्टी कार्यालय पुगेको थियो ।
लामिछानेविरुद्ध सङ्गठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको छ ।
सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।
योसँगै पूर्व डीआईजी जोशी भने असोज ६ मा पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान समेत लिइसकेको छ ।
पक्राउ पर्नुअघि रविले भनेको यो कुरा
#Ktmdainik #RabiLamichhane
Posted by Ktm Dainik on Friday, October 18, 2024