
काठमाडौँ, २ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्दा आकाश नखस्ने बताएका छन् ।
लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा सरकार मर्यो, हामीलाई जुठो पर्यो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निशाना साधेका थिए ।
त्यसको जवाफमा रिजालले रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु कानुनले आफ्नो बाटो लिएको रूपमा टिप्पणी गर्दै कानुनलाई सघाएर ६५ करोडको जवाफ दिन सुझाव दिएका छन् ।
यस अघि आफ्नै सरकार भएको बेला बालकृष्ण खाँण र कृष्णबहादुर महरा पक्राउ परेको भन्दै उनले ६५ करोडको हिनामिनाको जवाफ दिन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्-
रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनुस्, ६५ करोड बारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !
सरकार मरेको होइन, सक्रिय भएको छ ।
रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन ।…
— Bishnu Rijal (@bishnurijal1) October 18, 2024