काठमाडौं, १५ असोज । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।
असोज ११ गते सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । उक्त दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६१ हजार दुईसयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य दश रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।