विराटनगर, १२ असोज । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिवारीका अनुसार शनिबार बिहान साढे ८ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।
शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । त्यसबेला ५० वटा ढोका मात्र खोलिएको थियो । एक घण्टा नबित्दै कोशीमा पानीको सतह र बहाव बढेको हो ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसापासका बासिन्दाहरू त्रसित भएका छन् । भारतीय पक्षले ७ लाख क्युसेक बहाब पुग्ने अनुमान गर्दै सतर्क रहन सुचित गरेको छ ।