काठमाडौँ, ४ असोज । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रवार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५७ हजार १०० कायम भएको छ । बिहीबार यो मूल्य एक लाख ५५ हजार ६०० थियो ।
भाद्र ३१ गते सुनको मूल्य इतिहासकै बढी अर्थात् एक लाख ५७ हजार ३०० कायम भएको थियो ।
त्यसयता क्रमशः घट्दै गएको सुनको मूल्य साताको अन्तिम दिन आज भने बढेको हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले वृद्धि भएर तोलाको एक हजार ९१५ मा कारोबार भइरहेको छ ।