(बिर्तामोड) झापा, ३१ भाद्र । आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको निधन भएको छ ।
आइतबार बिहान ९:१५ बजे गौरीगंज गाउँपालिका-२ मा सिटी सफारी चार्ज गर्ने उक्त सिटी सफारी चालक ३३ बर्षीय महेश राजबंशी लाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले केटिएम दैनिकलाई बताए ।
आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएका राजबंशीलाई तत्काल उपचारको लागी लाईफलाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको इन्स्पेक्टर तामाङले जानकारी दिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।