काठमाडौँ, ३० भाद्र । नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्से ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ ।
आज ३२४ कम्पनीको दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ ।