काठमाडौं, २८ भाद्र । तीनजना व्यक्तिहरूलाई जापान पठाउने भन्दै रकम लिएर सम्पर्कबिहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका-७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई प्रहरीले बिहीबार सुन्धारबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका जिमीलाई थप अनुसन्धान एवं कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए ।