काठमाडौँ, २४ भाद्र । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य रुपले बढेको छ ।
सोमबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य एक लाख ५२ हजार एक सय थियो भने भाद्र २१ गते शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार तीन सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य रुपले बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेरर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।