भक्तपुर, २२ श्रावण । भक्तपुरमा पानी राखेको बाल्टिनमा डुबेर ११ महिने बालिकाको निधन भएको छ ।
सोमबार साँझ भक्तपुर सूर्यविनायक नगरपालिका-१० चित्तापोलमा बस्ने ११ महिने बालिका बाल्टीनमा राखेको पानीमा डुबेर घाइते भएकी थिइन् ।
सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल चित्तापोलमा बस्ने गिता बस्नेतको छोरी ११ महिनाकी छोरी नेलिस्ता बस्नेत खेल्ने क्रममा अचानक २० लिटर प्लास्टिकको बाल्टिनमा डुबेर घाइते भएकी थिइन ।
घाइते बालिकाको उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएकोमा उपचारको क्रममा साँझ ६:४० बजे अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिए ।
मृतक बालिकाको शव पोष्मार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको प्रहरीले जनाएको छ ।