काठमाडौं, २२ साउन । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्वर भैरब मार्गमा दिउँसै चोरी भएको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठाबाट ढोकाको ताला फोडेर चोरी भएको हो ।
सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।