
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर झापा जादै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।
आज दिउँसो १:४० बजे बाग्मती प्रदेश ०१-००४ क २०७६ नम्बरको हायस गाडी मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अधेरीमा दुर्घटना भएको हो ।
बाँया साइडको पछाडिको टायर खुस्केर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ
घाइतेमध्ये चालक र एक यात्रुको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिन्दन चौधरीले जानकारी दिए ।
घाइतेहरूको उद्दार गरेर उपचारको लागि विभिन्न अस्पताल लगिएको छ भने माइक्रोबस दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
घाइतेको विवरण
- चालक जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका- ५ बस्ने बर्ष २३ को सागर ठाकुरीको टाउकोमा चोट, जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि १४:३० बजे बिराटनगर न्युरो रेफर ।
- ईलाम सुर्यदय नगरपालिका- ९ बस्ने बर्ष ४० की रेणुका गौतामको नाकमा चोट,अवस्था सामान्य ।
- रेणुकाको छोरा बर्ष १५ को अनुपम आचार्य हात, अनुहारमा चोट अवस्था सामान्य ।
- झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट अवस्था बोल्न सक्ने ।
- निर्देशको बहिनी बर्ष १४ की निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट ।
- सुनसरी बराह्रक्षेत्र नगरपालिका- ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्रीको दाहिने हात, छातीमा चोट अवस्था बोल्न सक्ने ।
- झापा मेची नगरपालिका- १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्कीको दाहिने खुट्टामा चोट अवस्था बोल्न सक्ने ।
- भारतीको छोरा बर्ष १२ को संयम कार्कीको अनुहार, दाहिने हात खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
- मोरङ पथरी नगरपालिका बस्ने बर्ष १४ को निरज निरौलाको दाहिने खुट्टामा चोट ,अवस्था बोल्न सक्ने ।
- ललितपुर गोदावारी नगरपालिका-११ बस्ने बर्ष ४७ को बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोटअवस्था बोल्न सक्ने ।
- पाँचथर फिदिम नगरपालिका-६ बस्ने बर्ष ७२ को बलबिर बि.क.को खुट्टा,अनुहारमा चोट, अवस्था गम्भिर विराटनगर रेफर ।
- धनकुटा नगरपालिका- ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठको बाया खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
- कन्चपुर भिमदत्त नगरपालिका- १०बस्ने बर्ष ३४ को मुकेश चनको बाया हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
- झापा धुलाबारी बस्ने अन्दाजी बर्ष २७ की अन्जु पोख्रेलको बायाँ हात, खुट्टामा चोट,अवस्था बोल्न नसक्ने ।
- धनकुटा सागुरीगढी गाउँपालिका-६ बस्ने बर्ष १८ को रोशन राईको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
- धरान उ.प.नगरपालिका- १७ बस्ने बर्ष ३० को बिनोद राईको अनुहारमा चोट,अबस्था सामान्य ।
- कंकाई नगरपालिका- ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
- भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल खुट्टा र निधारमा सामान्य चोट ।