काँकडभिट्टा, झापा । नेपाल भारत सीमा झापाको काँकडभिट्टा नाकामा आजदेखि तालिम प्राप्त कुकरसहितको प्रहरी चेकिङ सुरु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी चाड पर्व विशेष सुरक्षा योजना अन्तरगत आजबाट झापाको काँकडभिट्टा स्थित सीमा नाकामा तालिम प्राप्त २ वटा कुकुर सहितको प्रहरी टोलीले चेकजाँच सुरु गरिएको हो ।
सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा सीमा नाकामा आवत जावत गर्ने शङ्कित व्यक्तिहरू तथा सवारी साधनहरूलाई कडाइका साथ चेकजाँच गरिएको हो ।
असोज १९ गतेबाट विराटनगरको रानीमा २ वटा कुकुर सहितको प्रहरी टोलीले दैनिक रूपमा कडाइका साथ चेकजाँच गरिँदै आएको छ ।
जस अन्तरगत आज रानीमा १५१ वटा सवारी साधन, ४४५ जना मानिसलाई चेकजाँच चेकजाँच गरिएको थियो भने काँकडभिट्टामा १५१ वटा सवारी साधन चेकजाँच र १५ जना लागुऔषध प्रयोगकर्ताहरूलाई परामर्श प्रदान गरिएको छ ।