सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-१७ बस्ने कमला तामाङको खुकुरी प्रहारबाट निधन भएको छ ।
सोमबार अपरान्ह ४ बजे इटहरी उप-महानगरपालिका-१७ मझौरा बस्ने ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो ।
खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।