
एजेन्सी । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यायामशालाको छत भत्किँदा शुक्रवार एकजना शिक्षकसहित १३ जना विद्यार्थी घाइते भएका छन् ।
सियोलबाट करीब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो । एकजना शिक्षकसहित १४ जना घाइते भएका र उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर, यसबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।