
काठमाडौं । विभिन्न माग राखेर केही दिनदेखि आन्दोलनरत शिक्षकका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ ।
राहत, पेन्सन बन्चित र विद्यालय कर्मचारीहरूले माइतीघर नयाँ बानेश्वर सडकखण्डमा प्रदर्शन गरेपछि काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको हो ।
शिक्षक महासंघले शुक्रबार ६ बुँदे सम्झौता सरकारसँग गरे पनि आन्दोलनतर राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आफ्नो आन्दोलन जारी राखेका छन् ।
सरकारले ‘जिउँदो शव’ बनाएको भन्दै सोमबार मूल सडकमै सुतेर विरोध प्रदर्शन गरेका शिक्षकहरुले आज पनि प्रदर्शनलाई जारी राखेका हुन् ।
उनीहरूले २० वर्षभन्दा बढी राहतमा सेवा गरेका शिक्षकहरूलाई स्वत: स्थायी र अन्यको हकमा पनि सेवाबाट बाहिरिनु नपर्ने अवस्थाको ग्यारेन्टी गरिनुपर्ने माग राखेका छन्।
यसअगाडि नयाँ बानेश्वरको एभरेष्ट होटलसम्म प्रदर्शन गर्न दिइएको भएतापनि आज भने सुरक्षाकर्मीले शिक्षकहरूलाई बिजुलीबजारको पुलबाट अगाडि बढ्न दिएका छैनन् ।
हेरौं तस्बिरहरू






















