
काठमाडौं। आन्दोलनरत राहत र पेन्सन वञ्चित शिक्षकले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
शिक्षक महासंघले शुक्रबार ६ बुँदे सम्झौता सरकारसँग गरे पनि आन्दोलनतर राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघर-नयाँ बानेश्वरस्थित मूल सडकमै सुतेर आन्दोलन जारी राखेका हुन्।
आन्दोलनरत शिक्षकहरूका अनुसार राज्यले आफूहरूलाई जिउँदो शव बनाएका कारण सांकेतिकरूपमा ‘मुर्दा’ बनेर विरोध जनाएको बताएका छन् ।
उनीहरूले सडकमा आधा घण्टा सुतेर विरोध गरेका हुन्।
उनीहरूले २० वर्षभन्दा बढी राहतमा सेवा गरेका शिक्षकहरूलाई स्वत: स्थायी र अन्यको हकमा पनि सेवाबाट बाहिरिनु नपर्ने अवस्थाको ग्यारेन्टी गरिनुपर्ने माग राखेका छन्।
हेरौं तस्बिरहरू
















