बिर्तामोड । झापाबाट काठमाडौं आउने बसमा चामलको बोराभित्र लागुऔषध पठाउने लागेका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका जिल्लाको शिवसताक्षी नगरपालिका-दुधेमा रहेको साकिरा यातयातको काउन्टरमा एक बोरा चामलसहित पुगेका दुई युवालाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको हो ।
उनीहरूले चामलको बोराभित्र लागुऔषध ब्राउन सुगर ९ ग्राम ७७० मिलिग्राम राखेको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
रिजालका अनुसार प्र.१-०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा आएका साजन राई र ३५ को सुन्दर लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
स्कुटरसहित नियन्त्रणमा लिइएका दुई व्यक्तिउपर थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।
त्यस्तै सोमबार बेलुका नेपाल भारत सीमा काकरभिट्टास्थित मेचीपुलबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरिएको छ ।
लागु औषध ओसारपसारको नयाँ तरिका: अण्डाको क्यारेटमा खैरो हिरोइन !
काँकडभिट्टा । झापामा लागु औषध कारोबार गर्ने व्यक्तिहरूले नयाँ तरिका अपनाएर...
बिहीबार, फाल्गुन ४ २०७९ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदैं गरेको बिर्तामोड नगरपालिका-६ बस्ने सुजन बिश्वकर्मालाई पक्राउ गरिएको हो ।
उनको साथबाट लागुऔषध खैरो हिरोईन १ ग्राम फेला परेको प्रवक्ता रिजालले बताए ।
विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।