
सुनसरी । सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको निधन भएको छ ।
आइतबार (हिजो) राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भएका थिए ।
घाइते बालकलाई उपचारका लागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका हुन् ।
यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।