
काठमाडौं । सरकारले सुन काण्डबारे छानबिन गर्न आयोग गठन गर्ने दलहरुको निर्णय संसदलाई जानकारी गराएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरूबीच भएको दुईबुँदे सहमतिको जानकारी गराएका हुन् ।
‘लोकतन्त्रमा विवाद हुन्छ । संवादबाट समाधान गर्छौं । समाधानको उपाय निकाल्छौँ । र, एकताबद्ध भएर अगाडि बढ्छौँ,’ उनले भने ।
दलहरुबीच आउँदो असोज ५ गते ६० किलो र ९ किलो सुन तस्करीबारे छानबिन गर्न असोज ५ गते आयोग गठन गर्ने कुरा उल्लेख छ।

आयोगलाई तीनवटा टिओआर दिने निर्णय दलहरुले गरेका छन्। उक्त सहमति पत्र उपप्रधानमन्त्री खड्काले संसदमा पढेर सुनाए।
सहमतिसँगै एक महिनादेखिको संसद अवरोध खुलेको छ। संसद खुलेसँगै अब कानुन निर्माणमा ध्यान केन्द्रित गर्ने उपप्रधानमन्त्री खड्काले बताए।
सिआइबीले गरेको अनुसन्धानमा शंका गर्दै एमालेले छानबिनका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो। आयोग जाँचबुझ आयोग ऐन, २०२६ अनुसार बन्नेछ।
तस्बिरहरू