सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ हनुमान मन्दिर स्थितबाट नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा स्थानीय ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको खुलेको छ ।
कटेज सञ्चालककले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले ५०० दरका ३५ वटा नोट सहित रोशन चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय पकली पठाएको जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेकोले कहाँबाट कसरी नक्कली नोट आइपुग्यो भन्ने खुल्न बाँकी नै छ ।